काठमाडौ, अनलाइन सपिङ इ–कमर्श कम्पनी सस्तो डिलमा आईएमई ग्रुप लगानी गरेको छ । सस्तो डिलका संस्थापक आमुल थापाले नेपालको प्रतिष्ठित व्यवसायिक घरना आईएमई ग्रुप सस्तो डिलमा जोडिएको मेरो लगानीलाई जानकारी दिए ।

उनका अनुसार आईएमई ग्रुप सस्तो डिलमा लगानीको लागि सम्झौता गरिसकेको छ ।

आईएमई ग्रुपले सस्तोडिलमा लगानी गर्ने फाइनल नै भइसकेको छ, यति नै लगानी भन्ने बिषय भएको छैन तर, उहाँहरुले ब्रोडसिट दिनुभएको छ’ । गत भदौमा भारतको लोकप्रिय ई–कमर्स कम्पनी फ्लिपकार्टसँग पनि सस्तो डिलले रणनीतिक समझदारी गरेको थियो ।

संस्थापक थापाले भने ‘हामी सस्तो डिललाई थप व्यवसायिक बनाउदै नेपालमा सेवा विस्तारको लागि आईएमई ग्रुपसँग समेत सहकार्य गर्न पाउँदा उत्साहित छौं,आगामी दिनमा फरक ढंगबाट कम्पनी अघि बढ्ने बिश्वास लिएको छु’ ।

आईएमई ग्रुपले पर्यटन,सूचनाप्रविधि,रेमिट्यान्स, बैंकिङ् क्षेत्रमा लगानी गर्दै आएको छ । सस्तोडिलमा लगानी गरेसँगै अब आईएमई ग्रुपमा अनलाइन सपिङ ई–कमर्श कम्पनीमा समेत प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *