rain

काठमाडौं– देशका अधिकांश भागमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न आज दिनभरजसो नै पानी पर्ने विभागको भनाइ छ।

स्थानीय र पश्चिमी वायुको प्रभावका कारण बिहानदेखि नै पानी परिरहेको बताइएको छ।

सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको र अन्य प्रदेशमा पनि केहीबेरमै पानी पर्ने सम्भावना रहेको विभागको भनाइ छ।

पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सरिरहेकोले पश्चिम र मध्य भागमा बेलुकादेखि मौसम सुधार हुँदै बताइएको छ।

दिउँसोतिर देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीका सम्भावनासमेत रहेको विभागको भनाइ छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *