काठमाडौँ, बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज २ सयले बढेको हो। बुधबार १३ सयले बढेको थियो । मंगलबार ३ सयले घटेको थियो भने सोमबार ३ सयले बढेको थियो। आइतबार पनि सुन २ सयले बढेको थियो।

गत हप्ता शुक्रबार सुन सात सयले बढेको थियो। बिहीबार ३ सयले बढेको थियो ।
आज छापावाला सुनको प्रतितोला ९२ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ७ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य भने आज २५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३३५ मा कारोबार भइरहेको छ।
