काठमाण्डौको सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा.लि. (संचालक डा.सि.पी.श्रीकुमार) र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि. ( सन्चालक प्रकाश रायमाझी भन्ने चित्र ब.रायमाझी ) समेतबाट बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुका लागी आवश्यक पर्ने PCR रिपोर्ट नेपाल सरकारले तोके भन्दा अत्याधीक रकम लिई स्वाबको नमुना समेत नलिई एक-दुई घन्टा भित्रमा नै नक्कली PCR रिपोर्ट दिने गरेको भन्ने बिशेष सूचनाको आधारमा मिति २०७८।०१।०७ गते दिउसो अ. १४:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ९ सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा.लि बाट जारी भएका स्वाब संकलन तथा परीक्षण नै नगरी PCR TEST Negative भनि उल्लेख भएका ४ थान नक्कली परीक्षण रिपोर्ट सहित ब्यवस्थापन प्रमुख खेलानन्द प्रसाद सिंह सहित ८ (आठ ) जना ब्यक्तिहरुलाई यस महाशाखा बाट खटि गएको प्रहरी टोलीले पक्राउ गरी कम्प्यूटर लगायतका उपकरण समेत नियन्त्रणमा लिईएको र थप अनुसन्धान कार्यको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबारमा सुरिया हेल्थकेयर प्रा.लिको सेवा हाल लाई बन्द गरिएको छ।
प्रारम्भिक अनुसन्धानबाट खुल्न आए अनुसार मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि.का ऐजेन्टहरुले सेवाग्राहीसंग PCR परीक्षण शुल्क प्रतिब्यक्ति रु,९,००० ।-लिई सुरिया हेल्थकेयर प्रा.लि.संगको मिलेमतोमा बिना स्वाब परीक्षण नै नक्कली रिपोर्ट बनाई दिने गरेको बुझिएको छ।

पक्राउ परेका व्यक्तिहरु :-
१.जिल्ला झापा गौरादह न.पा.वडा नं.७ घर भई हाल का.जि.का.म.न.पा.३२ पेप्सीगोला बस्ने बर्ष ४५ को प्रकाश रायमाझी भन्ने चित्र ब.रायमाझी ।
२.जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.१३ घर भई हाल ल.पु.ईमाडोल बस्ने बर्ष ३२ को प्रमोद कुमार यादव ।
३.जिल्ला महोत्तरी गौशाला न.पा.१ घर भई बस्ने बर्ष ५० को प्रदिप कुमार गिरी ।
४.जिल्ला महोत्तरी सोनाम गा.पा.वडा नं.६ घर भई हाल का.जि.सिनामंगल बस्ने बर्ष २५ को अमन कुमार यादव ।
५.जिल्ला मोरङ बिराटनगर म.न.पा.वडा न.पा.३ घर भई हाल का.जि.अनामनगर बस्ने बर्ष ३२ को वजेश पोख्रेल ।
६.जिल्ला महोतरी गौसाला न.पा.वडा नं. १ घर भई हाल का.जि.बानेश्वर बस्ने बर्ष २२ को बादल मिरिङ छिङ ।
७.जिल्ला दोलखा बैतेश्वरी न.पा.वडा न.५ घर भई हाल का.जि.चाबहिल बस्ने बर्ष २२ को सरोज क्षेत्री ।
८.जिल्ला सप्तरी मध्यपुरा गा.पा.वडा न.१ घर भई हाल ललितपुर धापाखेल बस्ने बर्ष ४४ को डा.खेलानन्द प्रसाद सिंह ।
स्रोत: महानगरिय अपराध महाशाखाको फेसबुक वालबाट

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *