गुल्मी । कृषकले खेतिपाती जोगाउन प्रयोग गर्ने विषादी गुल्मीमा ८ घण्टाको अन्तरालमा ४ जनाले सेवन गरेका छन् । यतिबेला विभिन्न पालिकाहरुले कृषकहरुलाई खेतीपातीमा लाग्ने किरा मार्ने विषादी निःशुल्क वितरण गर्दै आएका छन् । दुर्भाग्य कृषकहरुले ख्याल नगर्दा त्यसले विकाराल रुप लिने सक्ने मंगलवार एकै दिनको घटनाले देखाएको छ । मंलवार साँझ ४ बजे देखि ११ बजे सम्म अर्थात ८ घण्टाको अन्तरालमा ८ जनाले विषादी सेवन गरेर घाइते भई उपचार गराई रहेका छन ।

साँझ ४ बजेको समयमा जिल्लाको कालिगण्डकी गाउँपालिका १ हर्मिचौर स्थित कामना रानाका ७ बर्षीया छोरा समिर राना र सोही स्थानका १७ बर्षीय प्रदिम राहडी मगरले आफ्नौ बाजे थम्मन बहादुर थापाको घरमा खसी काटेको र एपी नामक विषादी राखेको प्लाष्टिकमा सफा नगरि मासु खाँदा ती दुबै जना गम्भीर घाईते भई कालिगण्डकी मेडिकल मिर्मिमा उपचार सम्भव नभए पछि पाल्पा मिशन अस्पताल पुर्याइएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी पुर्षोतम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार त्यसको दुई घण्टा पछि साँझ ६ बजे जिल्लाको मालिका गाउँपालिका ६ अर्जैका धनबहादुृर कुमालका १७ बर्षीय छोरा सुनिल कुमालले पनि तरकारीको किरा मार्ने विषादी खाँदा गम्भीर घाईते भई जिल्ला अस्पताल तम्घास हुँदै हिजै राति पाल्पा मिशन अस्पतालमा पठाईएको छ ।

त्यसको चार घण्टा पछि राति सवा १० बजे जिल्लाकै मुसिकोट नगरपालिका १ ढाँडाका चुराबहादुर खत्रीकी २३ बर्षीया श्रीमति रिता खत्रीले पनि खेतीपातीमा लाग्ने किरा मार्ने विषादी सेवन गरि घाईते भए पछि हिजै उपचारका लागि वामीटक्सार लगिएको छ ।

सुरु देखि करिव ८ घण्टाको अन्तरालमा राती ११ बजे जिल्ला कै सत्यवती गाउँपालिका वडा नम्वर ७ चोरकाटे बजारका ६० बर्षीय प्रेम प्रसाद शेरचनले पनि त्यस्तै बिषादी ु सेवन गरि गम्भीर घाईते भए पछि पाल्पा मिशन अस्पतालमा पठाईएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र थापाले गएरातिको विषादी सेवन घटनाले विकराल रुप लिन सक्ने संकेत गरेको भन्दै सचेत हुन आम सर्वसाधरणलाई अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *