काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने तयारी गरेको छ।

स्वास्थ्य मन्त्रालयले मंगलबार भर्चुअलरुपमा पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमित बढ्दै गए संक्रमितको उपचार व्यवस्थापनका लागि वीर अस्पतालको सर्जिकल भवनलाई पनि प्रयोग गरिने स्वास्थ्य सचिव लक्ष्मण अर्यालले जानकारी दिए।

नेपालमा कोरोना संक्रमण उच्चदरमा पुगे जेठ अन्तिम सम्ममा दैनिक ११ हजारसम्म संक्रमित हुनसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

आगामी दिनमा संक्रमित बढ्दै जाने र भर्ना गर्नुपर्ने तथा सिकिस्त बिरामी पनि बढ्नसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले वीर अस्पतालको नयाँ सर्जिकल भवनमा शय्याको व्यवस्थापन गरी संक्रमितको उपचार गरिने बताइएको छ।

यस्तै अन्य स्थानका अस्पतालहरुलाई पनि कोरोना संक्रमितको उपचार व्यवस्थापनका लागि तयारी अवस्थामा राखिने डा. पौडेलको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *