काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन आग्रह गरेका छन्। बालुवाटारमा पुगेर ओलीसँग भेट गरेर ओलीलाई भट्टराईले पार्टी एकता जोगाउनका लागि आग्रह गरेका हुन्।

ओलीलाई भेटेर एमालेलाई एकताबद्ध बनाउने हिसाबले भूमिका खेल्न उनले आग्रह गरेका छन्। उनको आग्रहमा ओलीले आफ्नो तर्फबाट एकता जोगाउन भूमिका खेल्ने बताउँदै सँगै काम गर्न आउन स्वागतसमेत गरेका छन्।

ओलीले ३२ सांसदलाई कारबाही गर्ने मनसायका साथ स्पष्टीकरण सोधेपछि नेता भट्टराई बालुवाटार पुगेका थिए। माधव नेपाल समूहले भने ओलीले पार्टी फुटाउने खोजेर कारबाही प्रक्रिया अघि बढाएको निष्कर्ष निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *