काठमाडौँ– त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कप्तान ज्ञानेन्द्र मल्ल १४ बलमा २० रन बनाएर आउट भएका छन्। उनलाई नेदरल्याण्ड्सका पिटर सिलारले आउट गरेका हुन्।
नेपालले टस जितेर पहिले व्याटिङ गरिरहेको छ। सिरिज अन्तर्गत नेपालले शनिबार आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो भने मंगलबार भएको दोस्रो खेलमा मलेसियालाई पराजित गरेको थियो।
