एजेन्सी : अमेरिकाले कोरोनाविरूद्धको खोप नलगाएका आफ्ना नागरिकलाई भारत नजान ट्राभल एड्भाइजरी जारी गरेको छ।

भारतमा कोरोना संक्रमण तीव्र रूपमा बढेपछि अमेरिकाले यस्तो कदम चालेको हो। यसअघि बेलायतले पनि भारतबाट आएकालाई आफ्नो देशमा प्रवेश नदिने घोषणा गरिसकेको छ। प्रधानमन्त्री बोरिस जोन्सनले भारत भ्रमण नै स्थगित गरिदिएका छन्।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले अमेरिकी नागरिकलाई भारत यात्रा नगर्न सुझाएको हो। उक्त एड्भाइजरीमा अमेरिकी नागरिकले भारत यात्रा गर्नबाट हरहालतमा जोगिनुपर्ने उल्लेख छ। कोरोना महामारीबाट अहिले भारतको अवस्था निकै खराब भएको, खोपको पूरा डोज लिएका मानिसहरू पनि संक्रमित भएको र कोरोनाका विभिन्न भेरियन्ट फैलिएकाले भारत नजान  आग्रह गरिएको हो।

भारत जानैपर्ने भए खोपको पूरा मात्रा लिन, मास्क लगाउन र भीडभाडदेखि कम्तीमा ६ फिट दूरीमा रहन तथा हात धोइरहन निर्देश गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *