काठमाडौँ : माधव नेपाल पक्षप्रति अनुदार हुँदै आएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थप कारबाही गर्ने घोषणा गरेका छन्।

नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि पार्टीबाटै निष्कासन गरेका ओलीले कर्णाली प्रदेशमा फ्लोरक्रस भएसँगै उक्त थप कारबाही गर्ने निर्णय सुनाएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटार बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाल समूहमाथि थप कारबाही गर्ने हुने बताएका हुन्।

एमालेको दशौ महाधिवेशन आयोजक कमिटी बैठकको अध्यक्षता गर्दै ओलीले भने, ‘माधव नेपालले नेपालको इतिहासमै पहिलो पटक अलोकतान्त्रिक, गैर संसदीय, अराजक हर्कत गरेका छन्। प्रचण्डको पाउमा एमाले पार्टी चढाउने काममा लागेका छन्। कांग्रेस लगायत गैर कमुनिष्टहरुको नेतृत्वमा सरकार बनाउमा हामी फ्लोर क्रस गर्नेछौ, यो सरकार तुरुन्त ढाल्नु पर्‍यो भन्ने रोदन गर्दै घर दैलो गर्न थालेका छन्।अराजक अस्थिर अत्यन्त घातक देश द्रोही कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिको विरुद्ध पार्टीले कडा भन्दा कडा कारबाही गर्नेछ।’                                                                                                                                              बैठकमा ओलीले नेपाल पक्ष अर्काका लागि सती गएको आरोप लगाए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *