काठमाडौँ: रोयल च्यालेन्जर्स बैंगलोर आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।लगातार तेस्रो जित निकालेको बैंगलोर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।                                                                                                                              चेन्नईमा आइतबार भएको खेलमा बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई ३९ रनले पराजित गर्‍यो ।

बैंगलोरले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।कोलकत्ताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाए । कप्तान इयान मोर्गन २९ रन जोड्दा शकिब अल हसन २६ रनमा आउट भए ।

बैंगलोरका केली जेमिसनले ३ विकेट लिए । यस्तै हर्सल पटेल र युजभेन्द्र चहलले २/२ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।

बैंगलोरका लागि ग्लेन म्याक्सवेल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । म्याक्सवेलले ४९ बलमा ७८ रन बनाए भने भिलियर्सले ३४ बलमा अविजित रहदै ७६ रन बनाए ।आइपीएलमा कोलकत्ताको यो दोस्रो हार हो । कोलकत्ताले ३ खेलमा २ अंक मात्र जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *