काठमाडौं : नेकपा माओवादी केन्द्रले सोमबारका लागि बोलाएको स्थायी समितिको बैठक स्थगित गरेको छ ।  सरकरले संघीय संसदको चालु हिउँदे अधिवेशनको अन्य गर्ने निर्णय गरेपछि सोमबारको बैठक स्थगित गरिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रले सोमबार १ बजेका लागि स्थायी समितिको बैठक बोलाएको थियो । आजको बैठकबाट माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *