सशस्त्र प्रहरीको एपिएफ क्लब सिमरा गाेल्डकपकाे सेमिफाईनलमा प्रवेश गरेको छ ।

साेमबार राति भएको क्वाटरफाईनल खेलमा बागमती फुटबल क्लबलाई २–१ ले गोल अन्तरले पराजित गर्दै एपिएफ अन्तिम चारमा स्थान बनाउन सफल भयाे ।

एपिएफकाे जितमा प्रदिप लामाले दुई गोल गरे। प्रतियोगितामा बाई पाउदै क्वाटरफाईनल खेल खेलेको एपिएफलाई प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयाे ।

बागमतीका लागि निरज थापाले एक गाेल गरेका थिए । तर साे गाेल उसलाई हारबाट बचाउन पर्याप्त भएन ।

मङ्गलबार विजय युथ क्लब हेटौंडा र संकटा क्लबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *