काठमाडौं :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पद रिक्त भएकाे छ।

नेकपा (माओवादी केन्द्र) ले बादलले दल त्याग गरेको र अहिले आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि बादलको पद रिक्त भएको हो।

संसद सचिवालयले आज एक सूचना जारी गर्दै बादलको राष्ट्रिय सभा सदस्य पद रिक्त भएको जानकारी दिएको छ। बादल अहिले गृहमन्त्री पनि छन्। सांसद नरहेपछि उनको मन्त्री पद पनि जानेछ।

तर, संविधानको व्यवस्थाअनुसार सांसद नरहे पनि मन्त्री हुन पाइने भएकाले बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्न सक्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि पनि माओवादीबाट कारवाहीमा परेर सांसद र मन्त्री पद गुमाएका चार जना मन्त्रीहरुलाई पुनः मन्त्रीमा नियुक्त गरेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *