काठमाडौं : लेखक खगेन्द्र संग्रौलालाई शनिबार  रु.४ लाख २ हजार २ रुपैयाँको ‘पहिचान सम्मान’बाट सम्मानित गरिएको छ। उनलाई पहिचान पुरस्कार कोषले सम्मान प्रदान गरेको हो।

काठमाडौँमा भएको कार्यक्रममा पहिचान पुरस्कार कोषका तर्फबाट नरेश काङमाङ राईले उनलाई सम्मानको रकम र ताम्रपत्र हस्तान्तरण गरे। पाँच दशकभन्दा लामो समयदेखि नागरिकका आवाजलाई लेखनको माध्यामबाट पहेरेदार गरिरहेको कारण उनलाई सम्मान गरिएको कोषले जनाएको छ। कार्यक्रममा युवा नेता रामकुमारी झाँक्री र अजम्बर काङमाङले संग्रौलाबारे मन्तव्य राखेका थिए।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *