भारत, भारतको कोरोनाको दोस्रो लहर चलेसँगै दैनिक थपिने संक्रमितको संख्याले  भारतमा नयाँ नयाँ रेकर्ड बनाउँदै गएको छ। पाँच दिनदेखि लगातार दुई लाख संक्रमित थपिदै आएको भारतमा आज २ लाख ६० हजार ७७८ संक्रमित पुष्टि भएका छन्। यो शनिबारको तुलनामा ११ प्रतिशतले बढी हो।

योसँगै भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख १९ पुगेको छ। कुल संक्रमितको संख्या १ करोड ४७ लाख ४२ हजार ४६१ पुगेको छ।

मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ। पछिल्लो २४ घन्टामा १ हजार ४९५ जनाले ज्यान गुमाएका छन्। गत चार दिनदेखि दैनिक १ हजारभन्दा बढीको मृत्यु हुँदै आएको छ। कोरोनाबाट मृत्यु हुनेको कूल संख्या १ लाख ७७ हजार १६८ पुगेको छ।

पछिल्लो २४ घन्टामा सबैभन्दा बढी महाराष्ट्रमा ६७ हजार १२३ संक्रमित थपिएका छन्। दिल्लीमा १९ हजार ४८६, कर्नाटकमा १७ हजार ४८९, छत्तिसगढमा १६ हजार र केरलामा १३ हजार, बिहारमा ७ हजार ८७०, पश्चिम बंगालमा ७ हजार ७१३ र उत्तराखण्डमा २ हजार ७५७ संक्रमित थपिएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *