विराटनगर:नेपाली विभागीय टोली एपिएफले भारतीय विभागीय टोली पञ्जाव पुलिसलाई हराउँदै विराटनगरमा जारी छैठौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ।

शहिद रंगशालामा शनिबार भएको फाइनलमा पञ्जाब पुलिसविरुद्ध १–० गोलान्तरको जित निकाल्दै एपिएफले उपाधि जितेको हो। खेलको १० औं मिनेटमा  प्रदिप लामाले गरेको गोल नै एपिएफलाई जिताउन निर्णायक बन्यो। योसँगै एपिएफ पहिलो पटक विराट गोल्डकपको उपाधि जित्न सफल भएको छ।

चैत २६ देखि सुरू भएको रात्रिकालीन गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गरेका छन्। प्रतियोगितामा एपिएफले विभागीय चिर प्रतिद्वन्द्वी नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *