काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज आइतबार बस्ने भएको छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेको लागि बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा छलफल हुने बताइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । कर्णाली प्रदेशबाट नेकपा माओवादी केन्द्र सँग सत्ता सहकार्यका लागि अगाडि बढेको कांग्रेसको यो केन्द्रीय कमिटी बैठकबाट अरु प्रदेश सरकारको बारेमा पनि छलफल हुन सक्ने बताइएको छ ।
