काठमाडौँ । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले तत्काल विद्यालय बन्द नहुने बताएका छन् । शनिबार नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)को ३६औँ वार्षिक साधारणसभामा बोल्दै उनले तत्काल विद्यालय बन्द नहुने बताएका हुन् । शिक्षामन्त्री श्रेष्ठले विद्यार्थीहरु घरमा भन्दा विद्यालयमा बढी सुरक्षित हुने र सरकार अहिले लकडाउन गर्ने पक्षमा नरहेको बताए । ‘विद्यालय बन्द गरेर काम छैन, विद्यार्थी घरमा भन्दा स्कुलमा बढी सुरक्षित छन्’ उनले भने । कोरोना भाइरसको संक्रमण  बढेको भन्दै सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *