काठमाडौं: कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा दुई पाहुना टिम मलेसिया र नेदरल्यान्ड भिड्दै छन्।

पहिलो खेलमा आयोजक नेपालसँग पराजय भोगेको नेदरल्यान्ड दोस्रो खेलमा पुनरागमन गर्दै जित निकाल्न चाहन्छ। यता मलेसिया टी–२० क्रिकेटमा पछिल्लो समय निकालेको जितलाई निरन्तरता दिने क्रममा छ।
