याङ्गुन : म्यानमारको जुन्ता सरकारले २३ हजारभन्दा बढी बन्दीलाई रिहा गर्ने तयारी गरेको छ। देशभरका विभिन्न बन्दीगृहमा रहेकामध्ये २३ हजारभन्दा बढीलाई नयाँ वर्षको अवसर पारेर रिहा गर्ने तयारी गरेेेको हो। लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौं आन्दोलनकारी अहिले बन्दी भएका छन्। तीनै हजारौं बन्दीहरुमध्ये केहीलाई रिहा गर्ने तयारी भएको एक उच्च अधिकारीले शनिबार जानकारी दिएका छन्। परम्परागत बुद्ध धर्माबलम्बीहरुको नयाँ वर्षको अवसरमा कैदी बन्दीहरुलाई आममाफी दिने चलनअनुसार नै यस पटक बन्दीहरुलाई रिहा गर्न लागिएको हो।गत फेब्रुअरी १ देखि सेनाले सत्ता नियन्त्रणमा लिएपछि म्यानमारमा अहिलेसम्म हजारौं गिरफ्तार भएका छन् भने सयौँ घाइते भएका छन्। त्यसै गरी सात सयभन्दा बढीको मृत्यु भएको जनाइएको छ।-रासस