काठमाडौं: नेपाली महिला रेस्लर सपना तामाङले अन्तर्राष्ट्रिय रेस्लिङमा भारतीय पुरुष रेस्लर देव द बुललाई पराजित गरेकी छन्।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा शनिबार सपनाले बुललाई सिंगल म्याचमा पराजित गरेकी हुन्।

खेलाडी सिर्जना कोजु, सपना तामाङ, स्नेहा थापा, आकृति पुन, नेपाली ब्रो, गीता जिरेल र जमुना तामाङ सम्मिलित रोयल रेम्बल म्याचमा सिर्जना कोजुले जित हात पारिन्। नेपालकी मनिषा रानाभाट र जमुना तामाङबीचको सिंगल म्याच रद्ध भयो।

स्नेहा थापासँगको सिंगल म्याचमा गीता जिरेल विजयी भइन्। नेपालका नेपाली ब्रो तथा भारतका सुशान्त शर्मा र भारतकै देव द बुलबीचको पुरुष त्रिपल थ्रेटमा नेपाली ब्रोले जित हात पारे।

शान्तिनगरस्थित आयोजक फाउन्डेसनको हातामा भएको प्रतियोगिताको पुरुष हार्ड कोरमा भारतका हुक्मा रामले नेपाली ब्रोलाई हराए।

प्रतियोगितामा सहभागी हुन अमेरिका, जापान र पाकिस्तानका खेलाडीलाई आमन्त्रण गरिएकोमा कोरोना भाइरस (कोभिड– १९) का कारण नआएपछि नेपाल र भारतका रेस्लरको मात्र प्रतिस्पर्धा गर्नु परेको आयोजकले बताएको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *