राजस्व अनुसन्धान विभागले गरेको एउटा मुद्दाको अध्ययनमा राजस्व छलेर ठगी गर्नेमा भन्सार प्रतिनिधिकै मिलेमतो देखिएको छ ।

सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा एक करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको फेला परेको हो ।

काठमाडौंको जयपशुपति इम्पेक्सका प्रोप्राइटर रेखादेवी दाससमेत पाँच जनाले भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठको मिलेमतोमा एक करोड १३ लाख पाँच हजार पाँच सय १४ रुपैयाँ राजस्व छली गरेको पत्ता लगाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । अहिले उनीहरूविरुद्ध भन्सार छली राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । राजधानी दैनिकमा समाचार छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *