दिल्ली: कोभिड संक्रमण बढ्दै गएपछि भारतको दिल्ली सरकारले कक्षा ९ र ११ को परीक्षा रद्द गर्दै बिना परीक्षा विद्यार्थीहरुलाई अघिल्ला कक्षामा चढाउने निर्णय गरेको छ । साथै कक्षा १० को मूल्यांकन भने आन्तरिक परीक्षाहरु, प्रयोगात्मक र एसेसमेन्टहरुका आधारमा गर्न सकिने विषयमा दिल्लीका शिक्षामन्त्री मनिस सिसोदियाले छलफल चलाएका छन् ।

उनले भने, “परीक्षा महत्त्वपूर्ण हो तर जीवनभन्दा महत्त्वपूर्ण होइन ।”

यसका साथै सिसोदियाले कक्षा १२ को परीक्षासमेत रद्द गर्न भारतको सिबिएसई बोर्डलाई अनुरोध गरेको बताएका छन् ।

दिल्ली सरकारले यसअघिनै कक्षा १-८ का विद्यार्थीहरुलाई बिना परीक्षा अघिल्ला कक्षामा चढाउने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *