काठमाडाैं- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित निकालेको छ। चेन्नईले आफ्नो दोस्रो खेलमा पन्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो

पन्जाबले दिएको १ सय ७ रनको लक्ष्य चेन्नईले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। चेन्नईको जितमा मोइन अलिले ४६ रनको योगदान दिए। उनले ३१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। फाप डु प्लेसिसले ३३ बलमा ३ चौका र १ छक्कासहित अविजित ३६ रन बनाए।

अन्यले भने दाेहाेराे अंक छुन सकेनन्। सुरेश रैना ८, रितुराज गायकड ५ र साम करन ५ रनमा अविजित रहे। पन्जाबका मोहमद शामीले २ विकेट लिए। उनले ४ ओभरमा २१ रन खर्चिए।

आश्रदिप सिंह र मुरुगान आश्विनले १/१ विकेट लिए। उनीहरुले क्रमश: २ ओभरमा ७ र ३ ओभरमा ३२ रन खर्चिए। यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो।

पन्जाबका लागि शाहरुख खानले सर्वाधिक ४७ रन बनाए। उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यता, जे रिचार्डसनले २२ बलमा २ चौकासहित १५ रन बनाए।

यस्तै क्रिस गेल र दिपक होडाले समान १०/१० रन बनाए। मोहम्मद शामीले ९ र मुरुगन आश्विनले ६ रनको दिए। चेन्नईका दिपक चाहरले ४ विकेट लिए। उनले १ मेडनसहित १३ रन खर्चे। ड्वेन ब्राभो, साम करन र मोईन अलीले १–१ विकेट लिए।

जितसँगै चेन्नईले २ खेलमा २ अंक जोडेको छ। चेन्नई पहिलो खेलमा दिल्लीसँग ७ विकेटले पराजित भएको थियो। पन्जाबको यो पहिलो हार हो। पन्जाबले पहिलो खेलमा राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको थियो पन्जाबले २ खेलमा २ अंक जोडेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *