काठमाडौं । ईकमर्स कम्पनी दराजले स्पिकर अर्डर गर्दा महिलाको भित्री बस्त्र (ब्रा) डेलिभर गरेको छ । ग्लोबल मुन कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक कृष्ण आचार्यले दराज मोबाइल एपबाट स्पिकर अर्डर गर्दा ब्रा पाएका हुन् ।

आचार्यले बुधबार दराज एपमार्फत फेनटेक गेमिङ स्पिकर एक हजार ६६ रुपैयाँमा अर्डर गरेका थिए । तर, दराजले उनलाई महिलाले लगाउने इनभिजिबल पुसअप ब्रा डेलिभर गर्‍याे ।

डेलिभर ब्वाइलाई त्यो आफ्नो सामान नभएकाले फिर्ता लग्न आग्रह गर्दा डेलिभर ब्वाइले समेत आचार्यका लागि कम्पनीले सोही सामान पठाएको बताएका थिए ।

साभार : टेकपाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *