काठमाडौँ : शनिबारबाट काठमाडौंमा शुरू हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघल क्यानले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । तीनै राष्ट्रको कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग शनिबार खेल्नेछ ।

नेपालले दोस्रो खेल मलेसियासँग वैशाख ६ मा खेल्नेछ भने तेस्रो खेल नेदरल्यान्ड्ससँग वैशाख ७ मा खेल्नेछ । यस्तै अन्तिम लिग खेलमा नेपालले वैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *