विराटनगर : विराटनगरमा जारी छैटौं सङ्स्करणको विराट गोल्डकपको दाेस्राे सेमिफाइनल खेलमा संकटा क्लबलाई हराउँदै पञ्जाव पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ।                                                                                                                                            विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता पनि रहेको संकटालाई १–० गोलले हराउँदै पञ्जाव फाइनलमा पुगेको हो । उपाधिका लागि शनिबार बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौँसँग फाइनलमा प्रतिस्पर्धा हुनेछ।

पहिलो पटक गोल्डकपमा भाग लिएको पाहुना टोली पञ्जावले खेलको ७५ औं मिनेटमा परमजीत सिंहले निर्णायक गोल गर्दै टिमलाई फाइनलमा पुर्याए । हरजीन्द्र सिंहले निकालिदिएको क्रस पासलाई परमजीतले पेलान्टि एरिया नजिकदेखि गरेको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको म्यान अफ द म्याच पंजावको निर्णायक गोल गर्ने परमजित सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *