काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लामो समयपछि टेलिफोनमा संवाद गरेका छन्।आफूलाई प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि फोन गरेको प्रचण्डले बताएका छन्। ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्ने क्रममा प्रचण्डले उक्त कुरा बताएका हुन्।

आफू प्रधानमन्त्री ओलीसँग भेट्न जान लागेको बताउँदै उनले भने, ‘राम्रो हो कि नराम्रो के हो, म भवन उद्घघाटन गर्न यहाँ बस्दै गर्दा प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गर्नुभयो। म गाउँपालिकाको भवन उद्घाटन गर्दैछु पछि कुरा गरौंला भनें।’

प्रधानमन्त्री ओलीको फोन आएपछि लामो समय भाषण नगरी प्रचण्ड कार्यक्रमस्थलबाट निस्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *