काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ। शुक्रबार बसेको प्रदेशसभाको सातौँ अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका हुन्।

सभामा उपस्थित ३७ जना सदस्यमध्ये उनको पक्षमा २२ जनाले मतदान गरे भने विपक्षमा १५ मत खसेको सभामुख राजबहादुर शाहीले घोषणा गरे।

गत चैत ५ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यताका कारण आज विश्वासको मत लिएका हुन्।

प्रदेशसभामा माओवादीका १२, कांग्रेसका ६ जना, राप्रपाका एक र एमालेका सभामुखसहित २० जना सांसद छन्। एमाले माधव नेपाल पक्षका ४ सांसदले ह्वीप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो।

फ्लोर क्रस गर्नेहरूमा नेकपा एमालेका प्रकाश ज्वाला, अम्मर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *