कुमारी क्यापिटल लिमिटेडले नयाँ वर्षमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । जसबाट नयाँ तथा पुरानो लगानीकर्तालार्ई धितोपत्रमा लगानीको योजना, धितोपत्रमा पोर्टफोलियोको सन्तुलन तथा पुनः संरचना, सम्पति व्यवस्थापनसम्बन्धि परामर्श र बजारीकरण रणनीति सम्बन्धि निःशुल्क सेवा सञ्चालनमा ल्याएकोे छ । साथै अनलाइनमार्फत हितग्राही खाता खोल्दा खल्ती वालेट प्रयोग गरि ५ प्रतिशत क्यास ब्याक पाउन सकिने छ ।

लगानी मेलाबाट संस्थाले सर्वसाधारण तथा संस्थालाई लगानीको उचित पहिचान गरीे परामर्श सेवा प्रदान गर्नेछ । लगानीकर्ताहरुले यस संस्थाको लगानी विशेषज्ञद्वारा परामर्श लिई आफ्नो सम्पतिको जोखिम न्यूनीकरण गरी लगानीको योजना बनाई धेरैभन्दा धेरै लाभ लिन सक्नेछन् । त्यसैैले यस मौकालाई अधिकतम् प्रयोग गरी आफ्नो उच्चतम लाभ लिने पथमा लम्कने अवसरको रुपमा लिन सक्नेछन् ।
साथै, अनलाइनमार्फत् हितग्राही खाता खोल्नका लागि यस क्यापिटलको वेबसाइट www.kumaricapital.com मा गई अनलाइन लिंकमा क्लिक गरी अनलाइन डिम्याटमा गई सम्पूर्ण आवश्यक विवरण प्रबिष्ट गरी हितग्राही खाताको लागि एक पटक नजिकैको कुमारी बैंक लिमिटेडको शाखा कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा आफ्नो सक्कल नागरिकता, नाबालकको हकमा सक्कल जन्मदर्ता तथा संरक्षकको सक्कल नागरिकता लिई समयमै सरल र छिटो तरिकाले आफ्नो हितग्राही खाता खोल्न सकिने छ ।
यस लगानी मेलामा परामर्श सेवा बैशाख महिना भरी निःशुल्क गरिएको छ । साथै, यस मेलामाफत कुमारी क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा आवद्ध हुने सम्पूर्ण लगानीकर्ता लाई वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने छ । सार्वजनिक बिदाको दिन र शुक्रबारबाहेक प्रत्येक दिन कार्यालय समयमा यो मेला सञ्चालन हुनेछ । यस लगानी मेलामा भर्चुअल माध्यमबाट पनि आवद्ध भई लाभ लिन सकिने छ । यो सेवा प्राप्त गर्नका लागि कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्सालस्थित कार्यालयमा सम्पर्क गरि अथवा निम्न फोनमा सम्पर्क तथा इमेल ठेगानामा इमेल गरि सहभागी हुन सकिने छ ।

