काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ५४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ।
हाल देशभर ४ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ८८ पीसीआर परीक्षण गरिएको छ भने ५ सय ६४ एन्टिजेन परीक्षण गरिएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप पाँच जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको छ।
