नुवाकोट, ०२ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि नुवाकोटसहित देशभरका ४ हजार २५० विद्यालयलाई छनौट गरी रकम बाँडफाँड गरेको छ ।

सरकारले ५ अर्ब ६ करोड रुपियाँ विभिन्न कार्यक्रमका लागि बाडँफाडँ गरेको हो । यसरी छनौटमा परेका विद्यालयलाई रु ६ लाख ५० हजार देखि १ करोड रुपियाँसम्म उपलब्ध गराएको छ ।
नुवाकोटमा बिदुर नगरपालिकाका ७ विद्यालय, बेलकोटगढी नगरपालिकाको ४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेको छ । यसैगरी ककनी गाउँपालिकाको ५ विद्यालय, किस्पाङ गाउँपालिकाको १, तादी गाउँपालिकाको १ विद्यालयमा पनि कार्यक्रम परेको छ ।
त्यसैगरी दुप्चेश्वर गाउँपालिकाका ३ विद्यालय, पन्चकन्या गाउँपालिकाका ५ विद्यालय, म्यागङ गाउँपालिकाका १ विद्यालय, लिखुको १, शिवपुरीका २ र सुर्यगढी गाउँपालिकाका १ विद्यालयमा पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको बजेट परेको छ ।
यसरी विनियोजित बजेटबाट भवन निर्माण, बालविकास केन्द्र निर्माण, तला थप, ट्रस्ट बिल्डिङ्ग, भवन रेट्रोफिटिङ्ग, शौचालय निर्माण, छात्रा शौचालय निर्माण, खानेपानी तथा सरसफाइ सुविधा, सिकाइ सामाग्री/शैक्षिक सामाग्री, कम्प्युटर व्यवस्था, विज्ञान प्रयोगशाला, पुस्तकालय विकास लाई शैक्षिक सामाग्री अन्तरगत सोलार प्यानल, इन्टरनेट व्यवस्था, अन्तरक्रियात्मक बोर्ड, स्मार्टबोर्ड, प्रोजेक्टर, अनलाइन अफलाइन सामाग्रीको विकास, गुणस्तरीय शिक्षाका लागि नविन प्रविधि लगायतका कार्य गर्न सकिने छ ।
