विश्व न्युज: जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका क्रियाकलापलाई प्रतिगमनकारी हर्कत र हठको संज्ञा दिएका छन्।डा.भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त कुरा बताएका हुन्।

ओलीका हर्कत र हठ देशलाई २०४७ तिरै फर्काउने गेमप्लान हुन् भने त्यसको प्रतिवाद गर्नमा अग्रगमनकारी शक्तिहरू चुकिरहेको पनि डा.भट्टराईले टिप्पणी गरेका छन्।                                                                                                                                          “ओलीको निरन्तर प्रतिगमनकारी हर्कत र हठको स्रोत नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई विविध बाटो/चरणबाट उल्टाएर देशलाई २०४७ तिरै फर्काउने गेमप्लानको अंग हो भने अग्रगमनकारी शक्तिहरूले पनि बेलैमा यसलाई बुझेर प्रतिवाद गर्न नसकेको अपजस इतिहासको कठघरामा उभिएर बेहोर्नुपर्ला है!” डा. भट्टराईले ट्विटरमा उल्लेख गरेका छन्।

जसपा नेता भट्टराई  केपी ओली नेतृत्वको सरकारका विपक्षमा आफ्ना धारणा राख्दै आएका छन्।तर सोही पार्टीका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतो भने सहमतिका निम्ति ओलीसँग विभिन्न छलफलमा सक्रिय देखिँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *