झापा: शिवसताक्षी नगरपालिका ११, दुधेमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटना पूर्वपश्चिम राजमार्गअन्तर्गतको सडकमा बिहीबार बिहान भएको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च ७९८४ नं को उक्त एम्बुलेन्स दुर्घट्ना हुँदा एम्बुलेन्सका चालक ललितपुर गोदावरी न.पा ७ बस्ने २० वर्षीय उत्सव घिमिरेको ज्यान गएको छ । उपचारका निम्ति लाँदै गर्दा बाटामा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

एम्बुलेन्समा सवार सोही ठाउँका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते भएका छन्।उनको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *