काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानमा रहेका सबै अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेका छन्।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि मे १ सम्म सबै अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरे पनि करिब ३ हजार अमेरिकी सेना अफगानिस्तानमा अझै रहेका छन्।

अमेरिकामा आतंकवादी हमलापछिको २० वर्ष लामो युद्ध अन्त्य गर्न बाइडेनको यो विशेष निर्णय भएको अमेरिकी संचार माध्यमले जनाएका छन्। अमेरिकी सैनिक फिर्ता प्रक्रिया ढिला हुँदा अफगानी अधिकारीहरु भने सशंकित भएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *