विराटनगर: सङ्कटा क्लब विराटनगरमा जारी विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसियसनमाथि १–० गोलले जित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

विराटनगरस्थित सहिद रङ्गशालामा सङ्कटालाई जिताउन गणेश हमालले निर्णायक गोल गरे । खेलकाे म्यान अफ द म्याच सङ्कटाका गोलरक्षक राजाबाबु थापा बने ।

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टोली विराटनगर–११ ले सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग खेल्नेछ । यो खेल साँझ ७ बजेबाट विराटनगरस्थित सहिद रङ्गशालामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *