एजेन्सी : म्यान्मारमा नेपालीभाषी दम्पतीको हत्या गरिएको छ । मृत अबस्थामा सडक किनारमा उनीहरुको शव भेटिएको समाचार एजेन्सीहरुले बताएका छन् ।

एजेन्सीका अनुसार सुरक्षाकर्मीको गोली लागी उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा गोर्खा समुदायमा आबद्ध गाई पालन व्यवसाय गर्दै आएका किसन गौतम र उनकी पत्नी हरिमाया रहेका छन् । कन्टेनरमा दूध भरेर विक्री गर्न लैजाने तयारी गर्दैगर्दा भारतसँग सिमा जोडिएको म्यानमारको तमु शहरमा उनीहरुको हत्या भएको जनाइएको छ । उनीहरुको मंगलबार हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।
मृतक दम्पतीका एक छोरी र दुई छोरा छन् ।
