काठमाडौं : नयाँ वर्ष २०७८ को अवसरमा बुधवार बिहान सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूभाग फर्काउन नक्सा जारी हुँदा पूर्खाको सम्मान भएको बताए ।

ओलीले आगामी बजेटबाट सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन् । ‘सामाजिक सुरक्षा भत्ता महिनाको १०० बाट शुरू गरेका थियौं, अहिले दिनको १०० छ । फेरि बजेटबाट बढ्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण र राजनीतिक अस्वस्थता देखिए पनि विक्रम संवत २०७७ निरर्थक नभएको बताए । उनले दशकौं लामो मेलम्चीको सपना पूरा गर्न सकिएको बताए ।                                                                                                                      कोरोनाको असर र राजनीतिक अस्वस्थता देखापरे पनि निरर्थक वर्ष रहेन।काठमाडौंका धाराधारामा पानी पुर्‍याएर दशकौं लामो सपना पूरा भएको छ । प्रतिकूल अवस्थामा पनि अनलाइनबाट भए पनि शिक्षालाई अगाडि बढाउन सक्यौं,’ ओलीले भने ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *