काठमाडौ: वैशाख ११ गते ऐतिहासिक सम्पदा धरहरा उद्घाटन हुने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते धरहरा उद्घाटन गर्न लागिएको हो ।

“धरहराको सबै काम सकिन त केही समय लाग्छ । तर, मुल स्तम्भ निर्माण सकिएकाले लोकतन्त्र दिवसको अवसर पारेर उद्घाटन गर्न लागिएको हो,” राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले भने , “अहिलेसम्मको तयारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।”

धरहरा निर्माणको सबै काम सकिन पुससम्म लाग्ने घिमेरेको भनाइ छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *