काठमाडौँ : चीनका लडाकु विमानहरू ताइवानको हवाइ सीमामा प्रवेश गरेका छन् ।ताइवानको रक्षा मन्त्रालयका अनुसार सोमबार ताइवानको एयर डिफेन्स आइडेन्टीफिकेशन जोनमा २५ विमान प्रवेश गरेको छ। जसमा लडाकू विमान समेत रहेको थियो।

चीनले ताइवानलाई आफ्नो वान चाइना पोलिसी अन्तर्गत आफ्नो हिस्सा मान्‍दै आएको छ । तर ताइवानले भने आफू उक सम्प्रभूता सम्पन्‍न मुलुक भएको दाबी गर्दै आएको छ ।

ताइवानका रक्षा मन्त्रालयले चिनियाँ लडाकू विमानलाई चुनौती दिनका लागि एउटा लडाकू विमान पठाएको छ जहाँ मिसाइल सिष्टम समेत जडान गरिएको छ ।

चीनले यो महिनामा दक्षिण चीन सागरको दक्षिणी ताइवान तथा ताइवान नियन्त्रित प्रतास द्वीपमा आफ्नो विमान पठाएँदै आएको छ ।

सोमबार पनि चीनको विमानले एयर डिफेन्स आइडेन्टिफिकेशन जोनदेखि प्रतास द्वीपको दक्षिण पश्चिम ताइवानसम्‍म उडान भरेको थियो ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *