बुटवल । पार्टीभित्रको विवादपछि एमालेभित्र समानान्तर कमिटी गठनले तीव्रता पाएको छ । सोही क्रममा झलनाथ खनाल–माधव नेपाल पक्षले रुपन्देहीमा राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको छ ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा आज जिल्ला कमिटी घोषणा भएको हो ।जिल्ला विस्तारित बैठकपछि भएको सो कमिटीको उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।
क्षेत्रीय कमिटी, पालिकास्तरमा गठन गर्ने तयारी भईरहेको उपसचिवमा सिद्धिचरण भट्टराईले रातोपाटीलाई बताए ।
यसअघि खनाल नेपाल पक्षले लुम्बिनी प्रदेशका ४ जिल्लाहरुमा समानान्तर कमिटी घोषण गरेको थियो । सवैभन्दा पहिले अर्घाखाँची जिल्लामा समानान्तर कमिटी बनाएको एमालेले नवलपरासी, बाँके, प्युठान पुनर्गठन गरिसकेको छ ।
