काठमाडौँ : नेकपा एमालेका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री ओलीले कम्युनिस्टको खोल ओढेर कम्युनिस्ट सिध्याउन कसम नै खाएको आरोप लगाएका छन् ।नेपाल समूहले रुपन्देहीमा आयोजना गरेको विस्तारित बैठकमा बोल्दै ज्ञवालीले ओलीलाई प्रधानमन्त्री,पार्टी अध्यक्ष सबैको जिम्मेवारी दिंदा विदेशीको इशारामा काम गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न कसम नै खाएर लागेको आरोप लगाएका छन् ।

अदालतले पार्टी एकतालाई भंग गरे पनि अहिले नेपालमा कम्युनिष्टहरूको बहुमत भएकाले माओवादीसगँ मिलेर सरकार चलाउन गार्‍हो नभएको भन्दै ज्ञवालीले प्रधानमन्त्री ओली रेशम चौधरीको मुद्धा बोकेर सरकार बचाउन लागेको बताए ।

त्यस्तै बैठकमा बोल्दै एमालेका नेता घनश्याम भुसालले ओली समूह नेकपा एमाले नै सिध्याउन लागेको बताए । भुसालले ओलीले पार्टी कब्जा गरेर कम्युनिस्ट आन्दोलन सिध्याउन लागेको बताउदै पार्टी एकता जोगाउन सबैलाई आग्रह गरे ।                                                                                                                                        विस्तारित भेलाले राजु गुरुङको अध्यक्षतामा २०५ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ ।नेपाल पक्षीय जिल्ला कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *