आज २०७७ साल चैत ३१ गते मङ्गलवार, तदअनुसार अप्रिल १३, २०२१
आजको महावाणी
संसारमा महान् घट्नाहरू तब घटे जब कसैले जस्तोसुकै परिस्थीतिमा पनि हिम्मत नहार्ने फैसला गर्यो।
-स्प्राइट लोरियानो
आजको राशिफल
मेष
आज पुनर्मिलनको योग रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।
वृष
आज सरकारी निकायको भय रहला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ, तर साथीको साथ पनि पाइनेछ ।
मिथुन
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेम जीवन सुखमय हुनेछ ।
कर्कट
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।
सिंह
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ ।
कन्या
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउला । प्रेममा बाधाका साथै मन कमजोर रहला । वैदेशिक क्षेत्र कमजोर रहला ।
तुला
आज जोश जाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पनि पूर्ण हुनसक्छ ।
वृश्चिक
समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ र रमाईलो यात्रा पनि हुनेछ ।
धनु
रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
मकर
आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ र सहयोग गर्नेछन् ।
कुम्भ
आज कार्यमा सफलता पाइनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला, तर साँझमा धन खर्च हुनेछ ।
मीन
शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ । शेयर बजारबाट पनि राम्रै सफलता मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
