काठमाडौँ, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ गते बस्ने भएको छ। सोमबारका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माहिंला भाइ एवं कांग्रेसका अग्रज व्यक्तित्व गोविन्दराज पौडेलको निधनका कारण स्थगन गरिएको थियो।

चैत ३० गते बस्ने भनिएको बैठक आगामी वैशाख ५ गते दिउँसो २ बजे तय भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
चितवनको रत्ननगरमा सोमबार ७५ वर्षको उमेरमा पौडेलको निधन भएको हो । कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले शोक विज्ञप्तिमार्फत पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना व्यक्त गरेका छन्।

