increse price

काठमाडौ, साताको पहिलो कारोबार सोमबार शेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेप्सेले अघिका सबै रेकर्ड तोड्दै नयाँ इतिहास रचेको हो।

सोमबार नेप्से परिसूचक १७ दशमलव २० अंकले बढेर २ हजार ६ सय ९१ दशमलव ५५ अंकमा पुगेको छ। जुन हालसम्मकै उच्च विन्दु हो।

गत मंगलबार सबैभन्दा उच्च अंक २६७४.४७ पुगेको थियो। आज कारोबारमा आएका २ सय १६ कम्पनीमा ८० हजार ९५९ पटकको कारोबारमा १ करोड ३८ लाख २१ हजार ५७३ कित्ता शेयर ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ।

आज एनआईसी लघुवित्त, महिला लघुवित्त, छ्याङदी जलविद्युत कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंकको ९ प्रतिशत भन्दा बढीले मूल्य बढेको छ।

सोमबार सबैभन्दा धेरै बढ्नेमा भने लघुवित्त समूह देखिएको छ । यो समूहको सबइन्डेक्स ३.६४ प्रतिशतले बढेको छ। अधिकांश लघुवित्त वित्तीय संस्थाहरुको शेयर मूल्य बढेको छ।

सोमबार सबैभन्दा बढी कारोबार गर्नेमा एनआईसी एसिया बैंक छ। यसको २४ करोड ३२ लाख, नबिल बैंकको २४ करोड १३ लाख, निफ्राको २१ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनेबेच भएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *