भारत , भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ। कोरोना सुरु भएयता हालसम्म भारतमा १ लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ।

गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ। यो संख्या भारतमा कोरोना भाइरस सुरु भए यताकै सबैभन्दा धेरै भएको सरकारी स्रोतले सोमबार जनाएको छ।

पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन्। यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको संख्या दैनिकरुपमा बढ्दै गएको देखाएको छ । आइतबार भाइरस सङ्क्रमणका कारण ९०४ जनाको मृत्यु भएको छ। यसवर्ष सुरु भएपछि हालसम्मको तथ्याङ्कलाई हेर्दा यो संख्या सबभन्दा उच्च हो।

भारतका कुल सङ्क्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७१७ जना भएको जनाइएको छ। सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख १ हजार भन्दा बढी रहेको छ। यद्यपी १ करोड २१ हजार ५७ हजार भन्दा बढी कोरोना मुक्त भएका छन्।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको सुरुवात भएको थियो। सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *