काठमाडौं :  शनिबार गैंडाको सङ्ख्या सार्वजनिक गरिएको छ। यसबाट गैंडाको सङ्ख्या सात सय ५२ पुगेको छ । यो सङ्ख्या पाँच वर्षअघिको तुलनामा एक सय ७ ले बढी हो ।

सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए । यस वर्ष गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा, शुक्लफाँटा वन्यजन्तु आरक्षमा १७ वटा र पर्सा वन्यजन्तु आरक्षमा तीनवटा गैंडा भेटिएका हुन् ।

चैत्र ९ गतेबाट गैंडा गणना शुरु गरिएको थियो। सन् २०१५ मा भएको गणनापछि एक सय ६१ वटा गैंडा मरेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *