विराटनगर : छैठौं संस्करणको विराट गोल्डकपमा विराटनगर ११ सेमिफाइलमा प्रवेश गरेको छ ।भारतको युनाइटेड फुटबल क्बल वेस्ट बंगाललाई हराउँदै घरेलु टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।

शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको वेस्ट बंगाललाई ३–० गोलले हराउँदै विराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै विराटनगरले चैत ३० गते हुने सशस्त्र प्रहरी बल, काठमाण्डौ र नेपाल प्रहरी काठमाडौं विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।                                                                                                                                   खेलमा विराटनगरका सुनिल खड्काले दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच  दुई गोल गर्ने सुनिल खड्का घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।

आइतबारको दोस्रो क्वाटरफाइनल खेल मछिन्द्र क्लब काठमाडौं र भारतको पंजाव पुलिसबीच प्रतिस्पर्धा हुनेछ । भारतको पंजावले शनिबार टाइब्रेकरमा गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४–२ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *