२९ चैत्र , २०७७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाइ गर्नुपर्ने बताइरहे पनि अवस्था भने ठिक विपरित देखिएको छ।

आइतबार अपरान्ह काठमाडौं भित्रिने पश्चिमीनाका नागढुङ्गा र पूर्वीनाका साँगा भञ्झ्ङमा कुनैपनि सुरक्षा सावधानी, चेकजाँच भएको देखिएन । सवारी साधनमा रहेका यात्रु तथा कर्मचारी स्वयंले पनि सुरक्षाको उपाय÷सावधानी अपनाएको देखिएन।

तैनाथ सुरक्षाकर्मीले सवारी साधनको लगत लिने बाहेक अन्य कुनै सर्तकता अपनाएका छैनन् । यी दृश्यले काठमाडौं उपत्यकामा संक्रमणको जोखिमलाई बढाएको छ। मास्क लगाउने, दुरी कायम गर्ने कुनैपनि सुरक्षा सावधानीको उपायको न्युनतमरुपमा पनि प्रयोग भएको छैन।

यात्रुहरु बिना मास्क कुनै भौतिक दुरी कायम नगरी जोखिमपूर्ण रुपमा उपत्यका प्रवेश गरिरहेका छन्। यता, काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *